चर्चित अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘नेप्टे’ को सारांश भिडियो सार्वजनिक – (हेर्नुहोस भिडियो सहित)
काठमाडौँ। चर्चित अभिनेता दयाहाङ राई अभिनीत चलचित्र ‘नेप्टे’को सारांश भिडियो युट्युबमा रिलिज भएको छ।
फिल्ममा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, बुद्धि तामाङलगायतका कलाकारहरूको अभिनय रहेको छ। कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।
किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैले कथा लेखेका छन् । फिल्ममा सन्तोष राज, बाबु बोगटी र ओम सुनारको सङ्गीत रहेको छ । फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।
कविराज गहतराजको कोरियोग्राफी, तारा थापा किम्भेको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतका कारण पनि चर्चामा आएको थियो । भिडियो हेर्नुहोस


