लिटल आइकन २०१८ सिजन-७ को बिजेता भईन सेरियन बेगम !

काठमाडौँ । एएनपी मिडिया हाउसले आयोजना गरेको राष्ट्रिय नाच घर जमलमा सम्पन्न लिटल आइकन २०१८ सिजन – ७ को बिजेता बन्न सफल भएकी छिन काठमाडौँ बानियाटर निबासी १० बर्षीय सेरियन बेगम ।

उनले बिजेताको ताज संगै मस्ट पपुलर तथा मस्ट याक्टिभको समेत टाईटल जित्न सफल भएकी थिइन् । निर्णायक मण्डलीको अन्तिम प्रश्नलाई उत्कृष्ट ढंगले उत्तर दिदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त बिजेताको ताज पहिरहन सफल भएकी थिइन् ।

लाली गुराँस नेस्नल एकेडेमीमा ४ कक्षामा अध्यनरत छात्र सेरियन बेगम बिद्यालयमा समेत राम्रो बिद्यार्थीको रुपमा चिनिएकी छिन । तेज दिमाग भएकी सेरियन बेगम पढाइ संगै अन्य आन्तरिक क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट रहेको उनका समाजसेवी बाबा समिर खानले बताए । काठमाडौँको टोखा नगरपालिका बानियाटरको स्थायी बासिन्दा लिटल आइकन सेरियन बेगम भविष्यमा चर्चित मोडल नायिका तथा समाजसेवी बन्ने चाहना लिएकी छिन ।

छोरी सेरियन बेगमले लिटल आइकन २०१८ सिजन – ७ बाट विनरको उपाधि हात पार्दा घर परिवार तथा समाजमा खुसियाली छाएको समाजसेवी तथा उनका बाबा समिर खानले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖