अम्बाको पात जसमा छन यस्ता अपत्यारीला फाईदा – हेर्नुहोस् भिडियो सहित
काठमाडौँ । अम्बा एक मीठो फल हो। पाकेर मात्र नभएर काँचै पनि खान सकिने र मीठो हुने यो फलको बोटको पात पनि उपयोगी हुन्छ भन्ने कुरा चाहिं कमैलाई थाहा छ । अम्बाको पात विभिन्न रोग देखि छालालाई सुन्दर बनाउन सम्म उपयोगी हुन्छ । अम्बाको पातले मोटोपन समेत घटाइदिन्छ । अम्बाको पातले मधुमेह रोगलाई भगाउन मद्दत गर्छ।
यो पातले शरीरमा अत्यधिक ल्याक्टोजिन सोस्न र चिनी उत्पादन गर्न कम गरिदिन्छ, जसले गर्दा चिनी रोग भएका बिरामीलाई समेत यो लाभदायक हुन्छ। यी गुणले गर्दा चिनी रोग अर्थात मधुमेह भएका व्यक्ति र मोटोपना घटाउन चाहने व्यक्तिले अम्बाको पातको धुलो खानु राम्रो हुन्छ। यसलाई सुकाएर धुलो बनाएर चुर्णको रुपमा खान सकिन्छ।

अम्बाको पातले हाड जोर्नीको दुखाई पनि कम गरिदिन्छ। अम्बाको पातलाई थिचेर दुखेको ठाउँमा लगाउनाले दुखाइ कम हुन्छ। पातलाई थिचेर त्यसलाई तातो बनाएर लगाउनु पर्छ ।
अम्बाको पातलाई थिचेर त्यसको रस निकाल्ने र त्यसमा थोरै पानी मिलाएर पिउनाले स्वप्नदोषबाट छुटकारा मिल्छ । अम्बाको पातको रसले पखाला निको हुनुका साथै पाचन प्रक्रिया पनि राम्रो बनाइदिन्छ।
अम्बाको पातले दाँत र गिजाको समस्या पनि समाधान गरिदिन्छ । अम्बाको पात थिचेर त्यसको रस पिउनाले पनि कोलेस्ट्रोल पनि घटेर जान्छ र यसले एलर्जी पनि निको पारिदिन्छ । अम्बाको पात सुन्दरताको लागि पनि त्यतिकै उपयोगी छ । अम्बाको पात थिचेर डन्डिफोर भएको ठाउँमा लगाउनाले डन्डिफोर निको हुन्छ । हेर्नुस् इन्टरनेट खबरले तयार पारेको यो भिडियो रिपोर्ट
https://youtu.be/D-w4ohI2nj0


