‘सारेगमप लिटिल च्याम्प’को लागि भारत जादै अर्का नेपाली बालगायक (भिडियो सहित)

इटहरी । चर्चित भारतीय टेलिभिजन रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’मा डिजिटल अडिसन पास गरि अर्को अडिसनमा सहभागी बन्न भारत जान लागेका इटहरीका बाल गायक प्रीतम आचार्यलाई आशिर्बाद तथा शुभकामना प्रदान गरिएको छ ।

निषाद संगीत बिद्यालय इटहरीमा आचार्यलाई एक कार्यक्रम गरि शुभकामना दिइएको हो । इटहरीकै विश्व आदर्शमा कक्षा ६ मा अध्यानरत प्रितम उमेरले भर्खर ११ बर्षका छन् । उनका धेरै गित तथा कभर गीतहरु य़ुटुबमा प्रसस्त छन् ।

इटहरी ५ स्थायी घर भएका प्रीतम सङ्गीत र पढाइलाई सँगसँगै लागिरहेका छन् । उक्त्त शुभकामना कार्यक्रममा प्रीतमका बुबा काशीनाथ आचार्यले भने ‘कसैले छोरालाई पाइलट इन्जिनियर डाक्टर बनाउँछु भन्छन् तर मेरो छोरा गायक नै बनोस् । मेरो इच्छा पनि यही हो’ ।

आधुनिक, शास्त्रीय दुवै कसिमका सङ्गीतहरूमा कलात्मक तरिकाबाट आवाज दिने शक्ति भएका प्रितमको सुमधुर आवाजले जोसुकैलाई भाबुक बनाइदिन्छ । केहि समय अगाडी देखि गुरु भुपेन्द्र राइले उनलाई निरन्तर अभ्यास गराईरहेको बताए । हेर्नुस् भिडियो अन्तरबार्ता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।