मल्टिमिडिया अवार्ड भोटिङमा अन्य देशका प्रतिस्पर्धीलाई उछिन्दै शृङ्खला खतिवडा ! (भिडियो सहित)

मिस वल्र्डको ६८ औं संस्करणमा नेपालबाट प्रतिनिधित्व गरेकी शृङ्खला खतिवडाले मल्टिमिडिया अवार्डको भोटिङमा अन्य देशका प्रतिस्पर्धीलाई उछिनिरहेकी छन् । उनले यो अवार्ड जिते सिधै क्वार्टरफाइनल अर्थात् टप ३० मा पुग्नेछिन् । राजनीतिक परिवारकी उनी आर्किटेक्चर पढेकी छन् ।

मिस वल्र्डमा नेपालले लगातार सहभागिता जनाइरहे पनि हालसम्म कुनै गतिलो उपलब्धी हासिल गर्न सकेको छैन । शृङ्खलाबाट केही आशा गरिएको छ । आगामी ८ डिसेम्बरमा हुने फाइलनमा विभिन्न पाँच अवार्डमध्ये यो अवार्ड पनि वितरण गरिने छ । चीनको सान्यामा हुन लागेको मिस वल्र्डमा सन् २०१२ देखि भोटिङका आधारमा यो अवार्ड वितरण गर्न थालिएको हो । मल्टिमिडिया अवार्ड पनि एक हो । श्रृखलालाई मल्टिमिडिया अवार्ड जिताउनका लागि मोबस्टार एपबाट भोट गर्न सकिन्छ ।

यसका लागि मोबस्टार एप डाउनलोड गर्नुपर्छ । त्यसपछि आफ्नो अकाउन्ट खोलेर वा फेसबुकको आइडी पासवर्ड प्रयोग गरेर साइन इन गर्न सकिन्छ । मोबस्टारमा आफ्नो अकाउन्ट खोलिसकेपछि श्रृखला खतिवडा सर्च गर्नुपर्छ । उनको आधिकारिक पेजमा नीलो चिन्ह लगाइएको छ । उक्त पेज खोलेर श्रृखलाले गरेका पोष्टहरूलाई बायाँबाट दायाँ स्वाप गर्नुपर्छ । हरेकचोटि स्वाप गर्दा अंग्रेजीमा ‘एस’ देखाउँछ जुन एक भोट बराबर हो ।

साथै श्रृखलाले गरेको पोष्टमा कमेन्ट गर्दा पनि भोट गणना हुन्छ । यस्तै मिस वल्र्डको आधिकारिक वेवसाइट गएर पनि एक भोट गर्न सकिन्छ । यसमा पनि फेसबुकबाट साइन इन गर्न सकिन्छ । मल्टिमिडिया अवार्डका लागि २८ नोभेम्बरसम्म भोटिङ खुल्ला रहने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।