बलियो प्रतिस्प्रधीका रुपमा हेरिएकी निलिमा बाहिरिए पछि ‘नेपाल आइडल’मा सन्नाटा (भिडियो सहित)
काठमाडौं । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले चलिरहेको छ । एपिवान टेलिभिजनमा संचालन भएको उक्त कार्यक्रमको दोश्रो शृङ्खला पनि सोही टेलिभिजनबाट भइरहेको हो।
अहिले सबैतिर नेपाल आइडलकै चर्चा रहेको छ। नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुई दिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।
नेपाल आइडलमा प्रखर प्रतिस्पर्धा गरीरहेकी नीलिमा थापा शुक्रवारको एपिसोडमा बाहिरिएकी छन् । उनी आशा गरिएकी बलियो प्रतिस्प्रधीका रुपमा हेरिएको थियो ।

पोखराकी स्वरकी धनी नीलिमा बाहिरिएपछि नेपाल आइडलका जज र दर्शकहरु अचम्मित भएका थिए । नेपाल आइडलमा आफ्नो यात्रा सकिए पनि गीत संगीतलाई भने कहिल्यै नछोड्ने बताइन् । बाहिरिदै गर्दा उनले भनिन्, ‘गीत नै मेरो साथी, गीत नै मेरो जिन्दगी।’
नीलिमा पोखरा अडिसनबाट गोल्डेन माइक प्राप्त गरी नेपाल आइडलमा प्रवेश गरेकी प्रतिस्पर्धी हुन् । सबै खालका गीत गाउने सक्ने खुबी भएकी नीलिमा अघिल्लो हप्तादेखि केही अस्वस्थ देखिएकी थिइन्। उनले विभिन्न औपचारिक कार्यक्रममा स्टेज प्रस्तुति पनि दिने गरेकी छन्।
शुक्रबार कार्यक्रमबाट बाहिरिनेमा आफ्नो नाम सुनेपछि उनी एकाएक स्तब्ध बनिन्। निलिमा बाहिरिएसँगै आइडलमा सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल र पवन गिरी छन्।
https://youtu.be/OXrTCVg-Jzo?t=3920


