क्यारिकेचर गर्न खप्पिस हास्यकलाकार सुवोध गौतमको चाखलाग्दो बिहे प्रसंग !, यसरी भयो अन्तरजातिय बिहे (भिडियो सहित)

काठमाडौं । हास्यकलाकार सुवोध गौतमले पछिल्लो समय लोकप्रिय हास्य टेलिशृङ्खला भद्रगोलमा एदुमेको भूमिका निर्वाह गरिरहेका छन् ।

यसमा उनी काकु अर्थात दीपक आचार्यको छोराको भूमिकामा छन् । यसअघि उनले जिरे खुर्सानीमा काँटाको भूमिका निर्वाह गरेका थिए जसमा उनलाई हजुरको नामले चिनिन्थ्यो । सुवोध यस्ता हास्यकलाकारमा पर्छन् जसले सयभन्दा धेरै व्यक्तिको मिमिक्री गर्छन् ।

उनले पछिल्लो समयमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको मिमिक्री गर्र्दै आएका छन् जसलाई दर्शकलगायत स्वयम् मदनकृष्णले पनि मन पराएका छन् । कलाकार हरिवंश आचार्यले त आफ्नै जन्मदिनमा अनन्य मित्र मदनकृष्णको मिमिक्री गरेपछि प्रशंसा नै गरेका थिए ।

क्यारिकेचर र आफ्नो सेन्स अफ् ह्युमरका कारण दर्शक हँसाउदै आएका सुवोधको व्यक्तिगत जीवन भने त्यति चर्चामा छैन । कतिलाई त उनी विवाहित हुन् भन्ने कुरा पनि थाहा छैन । हालै मात्र हामीसँग कुराकानी गर्दै सुवोधले आफ्नो वैवाहिक जीवनको बारेमा खुलेर कुराकानी गरेका छन् ।

नेपालमा भएको १० वर्षे द्वन्द्व कालमा तत्कालीन नेकपा माओवादीमा आवद्ध थिए सुवोध । उनले यही क्रममा आफ्नो जीवनसाथी पनि भेटाए । उनलाई त्यही क्रममा पाल्मो लामाले बिहेको प्रस्ताव राखेकी थिइन् । अलि लजालु स्वभाव भएका सुवोध पहिलेदेखि नै जसले प्रपोज गर्छ त्यसैसँग विवाह गर्ने योजनामा थिए । यसै योजना अनुरुप उनको विवाह भयो पाल्मोसँग । पाल्मोले प्रपोज गरेको केही महिनामा उनीहरुको विवाह पनि भयो ।

पार्टीमा भएका कारण उनीहरुको विवाह त्यति धुमधामले गरिएन । एक घण्टामा विवाह सकिएको सुवोधले बताए । द्वन्द्वकालमै वैवाहिक बन्धनमा बाँधिएका सुवोध ५ वर्षीया छोरीका बुवा पनि हुन् । हाल उनको कलाकारितालाई उनकी श्रीमती पाल्मोले पूर्ण रुपमा सहयोग गरेकी छिन् । साथ दिएकी छिन् । – उज्यालो र गफगाफ डटकमको सहकार्य



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।