पहिलो पटक रजनीकान्त र अक्षयकुमारलेसँगै अभिनय गरेको फिल्मले रिलिज अघि नै कमायो ३७० करोड !
एजेन्सी । बहुप्रतीक्षित बलिवुड फिल्म ‘२.०’ ले रिलिज अघि नै ३७० करोड भारतीय रुपैया कमाई गरेको छ । यस बर्षको सर्वाधिक प्रतिक्षारत फिल्म ‘२.०’ ५ सय करोडको लागतमा बनेको हो।
यही नोबेम्बर २९ रिलिज मिति तोकिएको यो फिल्मले सेटेलाइट अधिकार र डिजिटल अधिकार बेचेर सो कमाई गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । पहिलो पटक रजनीकान्त र अक्षयकुमारसँगै अभिनय गरेको यस फिल्मले पहिलो दिनतामिलनाडुमा मात्र ८५ करोड न्युनतम व्यापार गर्ने अनुमान गरिएको छ ।
फिल्म ‘२.०’ भारतीय फिल्ममध्ये अहिलेसम्मकै महँगो फिल्म ‘रोबोट’को अर्को भाग हो । जुन २०१० मा रिलिज भएको थियो । रजनीकान्तको यो फिल्मलाई लगभग ६८ सय स्क्रिनमा रिलिज गर्न लागिएको छ । फिल्मको हिन्दी भर्सनको निर्माण करन जोहरले गरेका छन् ।


