नेपालकी श्रृंखला विश्वकै नजरमा, मिस वर्ल्डको हेड-टु-हेड च्यालेन्जमा दिएको उत्तर नेपाली उल्था सहित हेर्नुहोस भिडियो
काठमाडौँ । मिस वर्ल्ड २०१८ को प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपालकी श्रृंखला खतिवडा अहिले विश्वकै नजरमा परेकी छिन् ।
हरेक प्रश्नको हाँसीहाँसी उत्तर दिने यि सुन्दरी भोटीगंका आधारमा समेत सर्वाभिधक अगाडी रहेको भन्ने समाचार विश्भरका मिडियामा छाइरहेका बेला मिस वर्ल्डमा सहभागी भएका एक सय १८ देशका सहभागीको भन्दा निकै नै फरक र रचनात्मक उत्तर दिन खप्पिस यि सुन्दरी अद्भूत कलाकी धनी नै छिन् ।
हेड टु हेड च्यालेञ्जमा प्रतिस्पर्धा गर्नको लागि श्रृंखला लगायत अरु प्रतिस्पर्धीलाई प्रश्न सोधिएको छ। मिस नेपाल २०१८ की बिजेता खतिवडासँगै अरु प्रतिस्पर्धीलाई ‘तपाईको देशमा अहिलेको जल्दोबल्दो समस्या के होर र तपाई यसलाई कसरी समाधान गर्नुहुन्छरु’ भनेर प्रश्न सोधिएको थियो।

यो प्रश्नमा श्रृंखलाले भनेकी छन्, ‘हाम्रो देशको जल्दोबल्दो समस्या भनेको बेरोजगारी हो, धेरै युवाहरु रोजगारीको अवसरको लागि बिदेश जान्छन्। मलाई लाग्छ, पर्यटनको माध्यमबाट देशमा रोजगारी सिर्जना गर्न सकिन्छ।
पर्यटन हाम्रो देशको शक्ति हो। मलाई विश्वसामु नेपाललाई बिविध सँस्कृति, धर्म, जनजाति भएको देशको रुपमा चिनाउन मन छ। नेपाली पर्व मनाउन मन पराउन्, रमाउन मन पराउछन्। जटिलता भित्र मौलीकतालाई समिश्राण गरे ब्यक्त गर्न सक्ने सुन्दरी खतिवडाले हरेकको मन जित्दै गएकी छिन् । भिडियो हेर्नुहोस


