अझै परिचय पत्र बुझ्न आएनन् चुलाचुलिका किसान !
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको चुलाचुलिमा रहेको कृषि सेवा केन्द्र मार्फत वितरण गरिने आफ्नो किसान परिचय पत्र बुझ्न किसान नआए पछि सेवा केन्द्र आफैले किसान परिचय पत्र किसानलाई बुझाउने भएको छ ।
कृषि सेवा केन्द्रका मार्फत २ सय १६ किसानले परिचय प्राप्त गरे पनि अहिले १ सय ८२ किसानले मात्र परिचय पत्र बुझेको कृषि सेवा केन्द्रका नाप्रस चेवनकुमार भण्डारीले जानकारी दिए । सुचना जारी गरी सेवा केन्द्रका विभिन्न स्थानबाट परिचय पत्र किसानलाई वितरण गरेको भए पनि परिचय पत्र लिन नआएका किसानलाई अब फेरी सुचना जारी गरी परिचय पत्र बुझाउन लागेको छथरजोरपाटी गाउँपालिका कृषि शाखाका प्राविधिक सहायक खगेश्वर तिम्सिनाले जानकारी दिए ।
परिचय पत्र लिएका किसानले कृषिका क्षेत्रमा विभिन्न सहुलियत पाउने कार्यलयले जनाएको छ । सरकारले यसरी वितरण गरेको परिचय पत्र लिनका लागि किसान आफै पनि जागरुक हुनु पर्ने देखिन्छ ।


