आफ्नो वडालाई पाख्रापालनको पकेट क्षेत्र बनाउन यी वडाअध्यक्ष आफैले थाले बाख्रापालन

धनकुटा खबर । आफ्नो वडालाई पाख्रापालनको पकेट क्षेत्र बनाउन धनकुटाका एक वडा अध्यक्ष आफैले बाख्रापालनको सुरुवात गरेका छन् ।

धनकुटा नगरपालिका ३ नं वडा अध्यक्ष विकास घिमिरेले वडालाई बाख्रा पकेट क्षेत्र घोषणा बाख्रा पालनको थलानी गरेका हुन् ।

वडाध्यक्ष घिमिरेले चितवन र मकवानपुरबाट ल्याएका उन्नत बोयर जातका बाख्रा ल्याई बाख्रापालन गदै आएका छन् । हाल उनको निगाले बोयर बाख्रा फर्ममा २५ ओटा बोयर जातका बाख्रा आफ्नो फर्ममा रहेको अध्यक्ष घिमिरेले बताए ।

फर्म ब्यबस्थापनका लागि मात्र ८ लाखको खर्चेका भिमिरेले कुल २० लाखको लगानीमा बाख्रा पालनको सूरुवात गरेका बताए । आफ्नो बाख्रा फममा ५० हजार देखी ३ लाख सम्मका बाख्रा रहेको घिमिरले जानकारी दिए ।

वडामा भौगोलिक अवस्थितिले अन्नबाली उत्पादन कम हुदै गएको र जमिन चरणका रुपमा रहेकोले पनि चरण क्षेत्रको सदुपयोग गर्न र बाख्रा पालनलाई व्यवसायिक बनाउदै कृषकहरुलाई आत्मनिर्भर बनाउन बाख्रा पालन गरेको घिमिरेको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।