प्रदेश १ स्तरिय भलिवल : झापाले उपाधी भिडन्तको यात्रा तय गर्यो
धनकुटा खबर । मदनभण्डारी स्पोर्ट एकेडेमिको आयोजनामा धनकुटामा जारी प्रदेशस्तरिय भलिवल प्रतियोगितामा झापा जिल्ला फाईनल प्रवेश गरेको छ ।
आज भएको सेमीफाईनल खेलमा झापाले भोजपुरलाई २५–२२, २५–१४ र २५–२१ को सोझो सेटमा पराजीत गर्दै झापाले उपाधी भिडन्तको यात्रा तय गरेको हो ।
यसैगरी ओखलढुंगा र सुनसरी वीच भएको दोश्रो सेमीफाईनल भने खेल जारी रहको अवस्थामै अँध्यारो भएपछि भोली विहानलाई सारिएको छ । भोलीसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टीमले एकलाख ५१ हजार एकसय सय ११ रुपैयाँ नगद प्राप्त गर्नेछ ।

त्यस्तै दोस्रो हुनेले एकलाख, एकहजार, एकसय ११ रुपैयाँ तथा तेस्रो हुनेले ५१ हजार एकसय ११ रुपैयाँ नगद प्राप्त गर्ने छन् । प्रतियोगितामा प्रदेश नम्वर एकका १४ वटा टीमको सहभागिता छ ।


