ट्राफिक नियम पालना गर्ने श्रममन्त्री गोकर्ण बिष्टको तस्विर भाइरल बन्यो

काठमाडौं, मंसिर १९ । नियोजिक रुपमा मिसन चलाएर वर्तमान सरकारको चर्को आलोचना गर्नेहरू पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको व्यक्तिगत रूपमा आलोचना गर्दैनन् । धेरै प्रचार नचाहने तर आफ्नो जिम्मेवारी पूरा गर्ने बानी भएका उनै मन्त्री ट्राफिक नियम उलंघन नगर्ने मन्त्रीमा पर्छन ।

प्रायस् मन्त्रीहरू साइरन बजाएर गलत दिशाबाट चालकलार्इ गाडी हुइँक्याउन लगाउँछन तर मन्त्री विष्ट अरू सर्वसाधरण जस्तै जाममा पनि रोकिन्छन । मंगलबार थापाथली चोकमा रातो बत्तिको जाममा बसिरहेको समयमा मन्त्रीको गाडी देखियो । सवारी चालकहरुले मन्त्रीको गाडी लाइनमा देखेपछि कौतुहलता देखाए । त्यही बेला पत्रकार रामेश्वर बोहराको क्यामरामा गाडी कैद भयो ।

क्यामरामा फोटो कैद गरेपछि पत्रकार बोहराले गाडीभित्र हेरे, त्यहा श्रममन्त्री बिष्ट रहनु भएको रहेछ । उनले ट्वीटरमा केही शब्दसहित उक्त गाडीको तस्बीर राखेपछि उक्त तस्बीर अहिले भाइरल बनेको छ । धेरैले त्यसलार्इ रिट्वीट गरिरहेका छन भने कतिपयले स्क्रिन सर्ट गरेर अन्य सामाजिक सञ्जालमा समेत सेयर गरिरहेका छन ।

बोहराले ट्वीटरमा लेखेका छन, ‘थापाथलीमा झण्डावाल गाडी लेनमा बसेको देख्दा अचम्म लाग्यो, बाटो खुलेपछि पनि यसले बटुवालाई बाटो छाडिदियो । साइरन, तीब्रगति पनि थिएन । अगाडि पुगेर हेरें, श्रममन्त्री गोकर्ण विष्टको गाडी रहेछ !’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖