यसरी मनाईन्छ अाठपहरीयाहरुको ‘वडाङ्गमी चाड’ – हेर्नुहोस् भिडियो

धनकुटा । यतिबेला धनकुटा नगरक्षेत्रमा बसोवास गर्ने आठपहरीया आफ्नो मुख्य चाड बडाङ्मी मनाउन ब्यस्त छन् । उनिहरु गाँउघरमा बिभिन्न नाच नाच्दै बिभिन्न खानाका परिकार खादै मनाउने गरेका छन् । आठपहरिया जातिको मुख्य चाडको रुपमा रहेको वढाङमी मंसिरे पूर्णिमा बाट सुरुभएर औंसीसम्म हुने गर्दछ ।

आठपहरिया जातिको तिन चाड मध्ये यो महत्बपुर्ण चाड हो । यो चाडमा दुख वाट उक्सीने र घरको जेठो छोरो जन्मीएकोमा हर्क बढाइ गर्ने चलन छ । बर्ष भरी गुमाएका आफन्तको जुठोवाट उक्सने यो एक मात्र चाड हो ।

चाडको सुरुवातमा धनकुटावाट हिड्दै दुइ दिन लगाएर सुनसरीको बराहक्षेत्र पग्दछन् । बिचमा पहिलो रात बास बसेको ठाउमा राति मुन्धुम गाउने चलन छ । भोलिपल्ट स्थानिय कोकाहा खोलामा कपाल दारि खौरीएर नुवाएर बराह भगवानको दर्शन देउता आफ्नो घरमा लिएर आउने प्रचलन छ ।

दोस्रो रात कोकाहा खालाको बगरमै बासबसी तेस्रो दिन तमोर नदिको किनारमा बसेर चौथो दिन हिड्दै घर आउने चलन छ । बराहक्षेत्र मरीमराउ परेको घरका सदश्य र पुजारी अनिबार्य रुपमा जाने गरीएको छ । अन्य ब्याक्ति भने स्वएैछिक रुपमा जाने गरेका छन् ।

त्यहा वाट फर्किए घर आएपछि दुखको कर्म फुकाउने कार्य हुन्छ । जहा सेतो लुगा फुकाइन्छ । अनि दुख अन्त्य गरि भोज खुवाउने र नाचगान गर्ने प्रचलन छ । सो चाडको अबसरमा आठपहरिया जातिभित्रको हुम्वारक, छिर्लिङे, खावाडो तीन पाछा अर्थात पुस्ताको डल्ले नाच नाचिने गरिन्छ ।

यता घरको जेठो छोरो जन्मीदा र नया घर निर्माण गर्दा समेत यो चाडमा हर्कवढाइ गर्ने चलन छ । हर्कबढाइ गर्दा मारुनी र ढोल नाच नाच्ने प्रचलन छ । खानाको बिभिन्न परीकार खाएर यो चाड मनाउने चलन छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।