गृहजिल्ला पुगेकी नेपाल आईडलकी अस्मिताले भनिन,– अब जिताउने पालो तपाईँहरुको (भिडियो सहित)
झापा । चर्चित रियालिटि सो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका झापाकी अस्मिता अधिकारीलाई गृहजिल्ला झापामा भव्य स्वागत गरिएको छ । नेपाल आइडलको टप–४ मा पर्न सफल अस्मिता अधिकारीका साथै सुमित पाठक पनि शनिबार गृह जिल्ला झापा आएका छन ।
सुमित झापाको सुरुङाबासी हुन् भने अस्मिता कमल गाउँपालिकाबासी हुन् । उनीहरुलाई भोट माग्न झापाका विभिन्न स्थानमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरिएको छ । अस्मिता अधिकारीले आज दमकमा माहौल उचालेकी छिन् । उनले नेपाल आईडलमा टप ४ मा पहिलो महिला पुग्न सफल भएको भन्दै ईतिहास रच्ने अबसर आएको बताईन् ।

उनले यहाँसम्म आईपुग्न सबैको साथ सहयोगले सम्भव भएको बतऊँदै भनिन्, सबै महिलाको प्रतिनिधित्व गरेर म आईडलको टप ४ मा छु,अब जिताउने तपाईहरुको हातमा छ प्लीज भोट गरिदिनुहोला । उँनले हरियो डाँडामाथि लगायत आधादर्जन गीत गाएर सुनाइन । उनीसग सेल्फि खिच्न दर्शकहरुले तछाड मछाड गरेका थिए । जसकारण स्थिती समाल्न हम्मे हम्मे भएको थियो ।
https://youtu.be/Q1KKvEJNf1Y


