निर्माण ब्यबसायी संघ धनकुटाको साधारणसभा शुरु, अध्यक्षको उमेद्धारमा ३ को दावी
नारायण कुमार राई, धनकुटा खबर । नेपाल निर्माण ब्यबसायी संघ धनकुटाको १४ औं बार्षिक साधारण सभा धनकुटामा जारी छ ।
शाखा अध्यक्ष भवानी शंकर चाम्लिङ्गको अध्यक्षतामा सम्पन्न सभाको संघका केन्द्रिय अध्यक्ष रवी सिंहद्वारा कार्यक्रमको उत्घाटन गरिएको छ । धनपा ७ मा रहेको चिफ एण्ड बेष्ट होटलमा जारी खुल्ला सत्रमा संघका तर्फबाट अध्यक्ष सिंह सहित केन्द्रिय सदस्य यज्ञ प्रसाद खतिवडाले शुभकामना मन्तब्यको कार्यक्रम चलिरहेको छ ।

कार्यक्रममा प्रदेश सभासद्द्वय निरन राई,ईन्द्रमणी पराजुली,जिल्ला समन्वय समितिका सभापति टंक चौहानले शुभकामना दिने कार्यक्रम रहेको छ । खुला सत्र पछि बन्द सत्रको कार्यक्रमबाट ३ बर्षे कार्यकालका लागि १५ सदस्यीय नयाा समिति निर्वाचित गरिनेछ ।
८२ सदस्य रहेको धनकुटाको नयाँ कार्यसमितिको अध्यक्षका लागि राजेन्द्र दाहाल,सम्बन्ध श्रेष्ठ र अर्जुन केसी दावी रहेको समितिले जानकारी दिएको छ ।


