प्रेस यूनियन धनकुटाको अध्यक्षमा हिमा चेम्जोङ्ग
विकास घिमिरे, धनकुटा खबर । नेपाल प्रेश यूनियनको धनकुटा शाखाको नयाँ नेतृत्व चयन गर्दै नबौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
यूनियनको नौ औँ जिल्ला अधिवेशन बाट अध्यक्षमा हिमा चेम्जोङ्ग, उपाध्यक्षमा अजय सन्तोषी राई , नरेन्द्र राई त्यस्तै सचिवमा विकास घिमिरे , सहसचिवमा शर्मिला राई, कोषध्यक्षमा पूर्णकुमार चौधरी र सदस्यहरुमा आषिश लिम्बु, धनबहादुर परियार, करुण कटुवाल, सफल राई, विजयशेखर श्रेष्ठ, टिकाराम कटुवाल, आकृति राई आठपहरिया, वलराम चौधरी र धनकुमार लावती चयन भएको निर्वाचन समितिका संयोजक लाखमान राईले जानकारी दिए ।

त्यस्तै प्रदेश पार्शद हरुमा विनोद घिमिरे,कविराज घिमिरे,यानिन्द्र तिगेला लगायत चयन भएका छन् भने केन्द्रिय पार्शदमा विदुर खवास, मोहन बान्तवा, हरिबहादुर लम्जेल खगेन्द्र प्रसाद घिमिरे राजेश्वर बहादुर श्रेष्ठ, सुनिलकुमार डंगोल, सुमना तिम्सिना लगायत ३४ जना चयन हुनु भएको केन्द्रिय प्रतिनिधी नविनबाबु राईले जानकारी दिनु भयो ।


