निर्माण ब्यवसायी संघ धनकुटाको नयाँ समितिमा अर्जुन केसी !
नारायण कुमार राई, धनकुटा खबर । नेपाल निर्माण ब्यवसायी संघ धनकुटाको नयाँ समितिमा अर्जुन केसी निर्वाचित हुनुभएको छ । पुस ६ र ७ गते धनकुटामा सम्पन्न १४ औं साधारण सभाबाट केसी सहित १४ सदस्यीय नयाँ समिति चयन भएको हो ।
पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा प्रमुख निर्वाचन आयुक्त खगेन्द्र प्रसाद घिमिरेको संयोजकत्वमा भएको निर्वाचनमा अध्यक्ष र दुई उपाध्यक्ष बाहेक अन्य १३ पदाधिकारीहरु सर्व सम्मत चयन भएका छन् ।
अध्यक्षका प्रत्यासी राजन्द्र दाहाल, बरिष्ठ उपाध्यक्ष सर्मिला राई र द्वितिय उपाध्यक्ष हक बहादुर राईले हार बेहोरेका छन् । निर्वाचित बरिष्ठ उपाध्यक्ष कुमार दाहाल, द्वितिय उपाध्यक्ष प्रकास कुमार थुलुङ्ग निर्वाचित भएका छन् ।

नयाँ समिति चयन पछि संघले जारी गरेको बिज्ञतिमा यज्ञ बहादुर राई महासचिव,मनोज कुमार राई सचिव,लेलिन श्रेष्ठ कोषाध्यक्ष र चन्द्रसिंह नेम्वाङ्ग सह–कोषाध्यक्ष छनौट भएका छन् । त्यस्तै सदस्यहरुमा गोबिन्द बहादुर थापा, कमल राई, बिजय थापा, राम बहादुर तामाङ्ग, बलदिप राई, दिनेश राई र सुवास राई रहेका छन् ।


