जिप्रका धनकुटाको सार्वजनिक सुनुवाई : समुदाय प्रहरी साझेदारी आवश्यक
धनकुटा खबर । जिल्ला प्रहरी कार्यालय धनकुटाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सार्वजनीक सुनुवाई कार्यक्रम गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीको प्रमुख आतिथ्यतामा भएको सामुदायीक प्रहरी साझेदारी अबधारण प्रस्तुत लैंगिक हिंसा नियन्त्रण संजाल समिती गठन र सुनुवाई कार्यक्रमा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ्गले अबधारण सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै प्रहरी उपरिक्षक गुरुङ्गले समाजमा हुने लागुपदार्थ दुव्यासनी, लैंगिक हिंसा लगायत कानुनले प्रतिबन्ध गरेका विषयको रोगथाम र त्यसता कृयाकलापलाई निरुत्साहित गर्न र नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारीबाट मात्र संम्भव हुने बताउदै समुदाय प्रहरी साझेदारी आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रमा छथरजोरपाटी गाउँपालिकाका प्रमुख अन्य गाउँपालिकाका उपप्रमुख पत्रकार महासंघका सभापती सुरक्षा निकायका प्रमुख त्यस्तै वडा कार्यलयका प्रमुख तथा प्रतिनिधी नागरीक समाजका व्याक्तित्व अन्य संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।



