ट्रकको ठक्करबाट धनकुटामा एक जनाको मृत्यु
धनकुटा खबर । धनकुटा नगरपालिका ६ पात्लेखोलामा शनिवार साँझ ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
धनकुटाबाट धरान बाँस बोकेर जाँदै गरेको बा ३ ख ६१५१ नम्बरको ट्रक ब्रेक फेल भई सडकमा पल्टिदा लोड भएको बाँसले लागेर पैदल यात्री ६२ बर्षीय गुरुप्रसाद दाहालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटा प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।
घाइते भएका दाहालको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै ट्रकका सह–चालक झापा मेचिनगरनगरपालिका ७ का चन्द्र लाल राजबंशी घाइते भएको र उनको धनकुटा अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


