गोठबाट शुरुभएको आगोले धनकुटाका लिम्बुको घरपनि पूर्ण रुपमा नष्ट
धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिकाका एक व्यक्तिको घरमा आज आगो लाग्दा घर गोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
आग्लागीको कारण चौविसे गाउँपालिका वडा नं ३ कुरुले तेनुपाका वीलमान लिम्वुको घर र गोठ जलेको हो । दिउँसो करिव साढे १ वजे तिर अचानक गोठवाट शूरु भएको आगोले घर समेत जलेको हो ।
घरमा वृद्धवृद्धा मात्र रहेको वेला आगो लागेकोले तत्काल नियन्त्रण गर्न नसकि घर र गोठमा राखिएका सम्पूर्ण सरसामान जलेर नष्ट हुँदा ६ लाख वरावरको क्षती भएको मुढेवास प्रहरी चौकीले जनाएको छ । अहिले उनीहरु छिमेकीको घरमा साहारा लिएर वसेको वताएको छ ।
गोठमा आगो कसरी सल्कियो भन्नेवारे केही खुल्न नसकेको र अनुसन्धान जारी रहेको मुढेवास प्रहरी चौकीका असई शेखर श्रेष्ठले जानकारी दिनुभयो ।


