पाख्रीबासका गुरुङले पनि मनाए ‘तमु ल्होसार’
धनकुटा खबर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाईरहेकाछन् । यसै अवसरमा धनकुटाको पाख्रीवामा पनि विशेष कार्यक्रम गरी भव्यताका साथ यो पवै मनाईएको छ ।
नेपाल वौद्ध गुम्वा विकास समाजको आयोजनामा भएको कार्यक्रममा त्यहाँका गुरुङ समूदायले एकापसमा शूभकामना आदान प्रदान गर्दै ल्होसार मनाएका हुन् । सोही अवसरमा त्यहाँको गुम्वा र आमा समूहलाई आर्थिक सहयोग गर्नुहुने हाल वेलायत निवासी मञ्जुला तमु र पदम वहादुर तमुलाई सम्मान गरिएको छ ।
उहाँहरुले वौद्ध गुम्वालाई २५ हजार र आमा समूहलाई १० हजार गरी जम्मा ३५ हजार सहयोग गर्नुभएको वौद्ध गुम्वा विकास समाजका कार्यलय सचिव निरोज गुरुङले जानकारी दिनुभयो । यस अघि पनि उहाँहरुले गुम्भा विकासका लागि १ लाख सहयोग गरिसक्नुभएको छ ।

यसैवीच नेपाल आदीवास जनजाती महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले संघीय सरकारले विभिन्न आदीवासी जनजातीहरुको चाडपर्वको विदा कटौती गरेकोमा आपत्ती जनाउनुभएको छ ।
उहाँले नेपालमा वसोवास गर्दै आएका जनजातीहरुको चाडपर्वको विदा कटौती गर्नु निन्दनिय भएको भन्दै सरकारले जनजातीहरुको अधिकार प्रति विभेद गरिएको आरोप लगाउनुभयो । उहाँले हरेक जातजातीको पर्वको वेला सरकारले विदा दिनु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा गुरु सोनाम गुरुङको हातवाट वाङ ग्रहण गरिएको थियो ।

कार्यक्रममा तमु होल छ्योज घिं जिल्ला अध्यक्ष ज्ञान वहादुर गुरुङ,नेपाल वौद्ध गुम्वा विकास समाजका अध्यक्ष भक्त वहादुर गुरुङ,तमु आमा समूहका अध्यक्ष तथा तमु स्यो केन्द्रिय सदस्य धनमाया गुरुङ र मानेमोलमका कल्पना गुरुङ लगायत विभिन्न जातजाती र समूदायका महानुभावको उपस्थिती थियो ।


