सामुदायिक बिद्यालय सुधारका लागि छथरजोरपाटी गाउँपालिकाले नमूना काम गर्दै

नारायण कुमार राई, धनकुटा खबर । सामुदायिक बिदालय प्रति बिद्यार्थीहरु आकर्ष गर्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले दिवा खाजा, झोला र निःशुल्क अंग्रेजी माध्यमका पुस्तककको ब्यबस्था गरेको छ ।

गाउँपालिकामा रहेका २८ वटा सामुदायिक बिद्यालयहरुमा नर्सरी र क.जी. कक्षा गरेर उक्त कक्षाका बिदार्थीहरुलाई यस्तो सेवा दिईएको हो । खाजाका लागि चालु आर्थिक बर्षमा ३१ लाख रुपैंया बिनियोजन गरिएको गाउँपालिका अध्यष्क्ष शेर बहादुर लिम्बूले जानकारी दिनुभयो ।

‘खाजाको ब्यबस्था गरेपछि सामुदायिक बिदालय प्रति आकर्षण बढेको छ’– लिम्बूले भन्नु भयो । दिवा खाजा सहित ९८ लाख समानिकरण अनुदान रहेको गाउँपासिलकाले आगामी बर्ष उक्त बजेट डेढ करोड पु¥उने लक्ष रहेको लिम्बूले जानकारी दिनुभयो ।

सामुदायिक बिद्यालयको स्तर उन्नती गर्न बाल बिकाश शिक्षकलाई दिईने मासिक ६ हजार तलब बढाएर ९ हजार दिईएको छ । प्रा.बि. शिक्षकहरुलाई प्रोत्साहन भत्ता स्वरुप तलबमा मासिक १ हजार दिने ब्यबस्था गरिएको छ ।

जिल्लामा नै पहिलो पटक मा.बि. र आधारभूत बिद्यालयको दरबन्दि निर्धारण गरी आवेदन खुला गर्ने तयारी भईरहेको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा गाउँपालिकाको श–सर्त अनुदान बजेट ९ करोड ९१ लाख ४३ हजार रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।