धनकुटा बहुमुखी क्याम्पसको नेविसंघमा करुणा

धनकुटा खबर । नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समितिको आज सम्पन्न १२ औं जिल्ला अधिवेशनबाट करुणा कटुवालको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति निर्वाचित गरेको छ ।

उक्त कार्यसमितिको सचिवमा डिक वहादुर कार्की,सहसचिवद्धयमा शैलेस गिरी र रोशन न्यौपाने,कोषाध्यक्षमा रोचना कार्की र सदस्यहरुमा सन्देश गिरी,सुजन कार्की,रेवत थापा,रामेश्वर तिवारी,ममता थापा र सुमित्रा दाहाललाई चयन गरेको निर्वाचिन समितिका संयोजक विशर्ममान अमात्यले वताउनु भयो ।

उक्त समितिका उपाध्यक्ष र अन्य सदस्यहरु कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिकका सदस्य परिर्वतन पौडेलले वताउनु भयो ।

निर्वाचित पदाधिकारीहरुलाई नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषीराई,कोषाध्यक्ष दिनेश राई,सदस्यहरु खेमराज पौडेल,लेखनाथ पौडेल,पूर्व जिल्ला सदस्य राजन पौडेल,नेविसंघका जिल्ला अध्यक्ष बालानन्द दाहाल,उपाध्यक्ष टेक वहादुर कुवर,विशर्ममान अमात्य,परिर्वतन पौडेल,निर्वतमान क्याम्पस अध्यक्ष सरोज धमला,नेपाल तरुण दल धनकुटका उपाध्यक्ष युवराज पराजुली, क्षेत्रिय अध्यक्ष तिलक महत लगायत,पूर्व क्याम्पस उपसभापती तुलसी भट्टराई लगायतले शुभ कामना तथा बधाई दिदै विद्यार्थीहरुले परिवर्तनलाई सस्थागत गर्न लाग्नु पर्ने वताउनु भयो ।

उक्त अधिवेशनको उद्घाटन नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल र उपसभापति नविन किशोर शाक्यले गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।