भेडेटार खाना महोत्सवमा हेलि टुर, प्याराग्याइडिङ, माउण्टेन वाइक र टुर प्याकेजको व्यवस्था (भिडियो सहित)

विदुर खवास, धनकुटा खबर । प्रदेश नं.१ का मुख्य मन्त्रि शेरधन राईले साँगुरीगढी गाउँपालिकालाई पर्यटकिय गाउँपालिकाको रुपमा प्रदेश सरकारले घोषणा गरेको वताएका छन ।

होटल एशोसिएसन भेडेटारको आयोजनामा अंग्रेजी नयाँवर्ष सन् २०१९ को अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा सोमवार सम्पन्न सातौं फुड फेस्टिवलको उद्धघाटन गर्दै मुख्य मन्त्रि राईले यस्तो वताएका हुन ।

आन्तरिक तथा पर्यटक प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको सातौं फुड फेस्टिबल तथा खानपान महोत्सवको उद्धघाटन समारोहका प्रमुख अतिथि समेत रहेका राईले भेडेटारको पर्यटन प्रद्र्धनका लागी साँगुरीगढी गाउँपालिकालाई योजना वनाएर पुर्वाधारहरुको विकास गर्न प्रदेश सरकामा योजना पेश गर्न जोड दिएका छन् ।

उनले साँगुरीगढी गाउपालिकाले योजना पेश गरेपछि भेडेटारमा पर्यटन पुर्वाधार तयार गर्न प्रदेश सरकार प्रष्ट खाका सहित अघि वढ्ने वताए । मुख्य मन्त्रि राईले १ नम्वर प्रदेशको आर्थिक समृद्धिमा भेडेटारलाई पर्यटनको मुख्य केन्द्र वनाउनको लागी नीतिगत रुपमा पर्यटनको विकास नहुने भएकाले धनकुटा जिल्लाको समग्र पर्यटन विकासको लागी नीति वनाएर अघि वढ्ने वताए ।

महोत्सबमा २४ ओटा स्टल राखिएको छ । स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिएको छ । खाना महोत्सवमा आउने आगन्तुकहरुलाई सिम्रिक एयरमा हेलि टुर, प्याराग्याइडिङ, माउण्टेन वाइक र टुर प्याकेजको व्यवस्था गरिएको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राइले जानकारी दिनुभयो महोत्सब तीन दिन सम्म सञ्चालन हुने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖