भेडेटार फुड फेस्टिवलमा १ करोड बढीको कारोवार

धनकुटा खबर । प्रदेश नम्वर १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा संचालन भएको फुट फेस्टिवल एक करोड भन्दा बढीको कारोवार गर्दै आज सम्पन्न भयो ।

भेडेटार होटल एशोसिएसनको आयोजनमा भेडेटारमा तिन दिन सम्म संचालन भएको फुड फेस्टिवल (खानपान महोत्सव) मा विभिन्न जातीय खानाका परिकार तथा चाईनिज,इन्डियन लगायतका विभिन्न देशका खानकाका परिकारका साथै घरेलु तथा साना उद्योगहरुद्धारा उत्पादिन तथा हस्तकलाका विभिन्न समाग्रीहरु र फलफुलहरु समेत प्रर्दशन र विक्रिका लागी राखिएको थियो ।

छिमेकी देश भारतको विहार तथा पश्चिम बंगाल, सिक्किम, दार्जेजिङ्ग लगायत स्वदेशको धनकुटा, धरान, इटहरी, विराटनगर लगायत विभिन्न शहरहरुका गरी ३० हजार भन्दा बढी दर्शकहरुले प्रत्यक्ष रुपमा आई फुट फेस्टिवलमा सहभागी भएको र करीव १ करोड भन्दा बढीको कारोवार भएको भेडेटार होटल एशोसिएसनका अध्यक्ष एवं फुट फेस्टिवल आयोजक समितिका संयोजक जितेन्द्र राईले वताउनु भयो ।

यस बर्षको फुट फेस्टिवलको प्रमुख आर्कषण हेली कप्टरबाट पर्यटकीय स्थलको दृश्यअवोलकन र प्यारागाईडिङ्ग रहेको भेडेटार होटल एशोसिएसनका निर्वतमान अध्यक्ष लिलाराज लावतीले वताउनु भयो ।

भेडेटार होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र राईको अध्यक्षमा सम्पन्न भएको फुटफेस्टिवलको समापन कार्यक्रममा प्रदेश नम्वर १ का सांसद लिला सुब्बा,उर्लावारी नगरपालिकाका मेयर खड्ग फागो,सागुरीगढी गाउपालिकाका प्रमुख कुमार जङ्ग याक्खा,पर्यटन विकास समिति धनकुटाका अध्यक्ष विजय सन्तोषी राई,प्रदेश नम्वर १ का उद्योग बाणिज्य महासंघका सदस्य भविश्वर श्रेष्ठ, मिस पूर्वाञ्चल तथा भेडेटार पर्यटक सदभावना दुत पुजा श्रेष्ठ लगायतले पर्यटकीय स्थल भेडेटारको उचित प्रचार प्रसार गरी पर्यटन प्रवद्धन गर्दै विकास गरे मुलुककै आर्थिक समृद्धीको महत्वपूर्ण आधार बन्ने वताउनु भयो ।

भने स्वागत मन्तव्य भेडेटार नेष्टका सचिव नर वहादुर चेम्जोङ्गले गर्नु भएको थियो भने कार्यक्रमको संचालन भेडेटार होटल एशोसिएनका महासचिव आशिष राईले गर्नु भएको थियो । सोही समारोहमा फुट फेस्टिवल संचालन गर्न सहयोग गर्नु हुने विभिन्न संघ संस्थाहरु र संचारकर्मीहरुलाई प्रशंसा पत्रका साथ मायाको चिनो भेडेटार होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र राईले प्रदान गनु भएको थियो ।

१ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले भेडेटार फुड फेस्टिवलको भेडेटारमा गत तीन दिन अघि उद्घाटन गदै धनकुटाको भेडेटार १ नम्वर प्रदेशकै मुख्य पर्यटकीय केन्द्र रहेकोले यसका उचित प्रचार प्रसार र विकासका लागी प्रदेश सरकार कटिवद्ध भै लागीपरेको वताउनु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।