पाख्रीबासमा पहिलोपटक गोरु जुधाइँ !

धनकुटा । धनकुटाको पाख्रीबासमा पहिलोपटक गोरु जुधाइँ प्रतियोगिता हुने भएको छ । स्थानीय युवाहरुको प्रयासमा यही माघ १ गते धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ७ मुगामा पहिलोपटक गोरु जुधाई प्रतियोगिता आयोजना हुन लागेको हो । सम्वतः यो प्रतियोगित पूर्वी नेपालमै पहिलोपटक आयोजना हुँदैछ । आयोजकले मुगाको गजेगैरीमा हुने सो प्रतियोगितामा सहभागी गराईने गोरुको इन्स्योरेन्ससमेत गराइसकेको छ । प्रत्येक वर्ष यसप्रकारको प्रतियोगिता गर्ने गरी योजना बनाइएको स्थानीय युवा नविन बराइलीले जानकारी दिए । प्रतियोगितामा सहभागी गोरुको मृत्यु भएमा क्षतिपूर्ती दिन इन्स्योरेन्स गरिएको छ भने सिङ मात्रै भाँचिएका पनि क्षतिपूर्ती दिने आयोजकको भनाई छ । सो दिन सो स्थानमा माघी मेलासमेत लाग्ने छ । त्यसका लागि तयारी पूरा भइसकेको बताइएको छ । मेला सम्पन्न गर्न र प्रतियोगिता सञ्चालन गर्न तत्कालीन मुगा गाविस वडा नं. १ का वडाध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षतामा माघी मेला आयोजक समितिसमेत गठन गरिएको छ ।

मेला र प्रतियोगित सम्पन्न गर्न पाख्रीबास नगरपालिकाले ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ भने स्थानीय युवाहरुले ३० हजार रुपैयाँ आर्थिक संकलन गरेका छन् । प्रतियोगितामा प्रथम हुने गोरुले १५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।