दरवन्दी कायम गर्दै स्वतः स्थायी गर्नु पर्ने कृषि तथा भेटेरीनरी प्राविधिकको माग

धनकुटा खबर । एक गाउँ एक कृषि तथा पशुसेवा अन्र्तगत स्थानीय तहमा खटिएका प्राविधिकहरुले दरवन्दी कायम गरी स्वतः स्थायी गरिनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका छन् ।

प्राविधिकहरुको पेशागत संगठन नेपाल कृषि तथा भेटेरीनरी प्राविधिक हकहित संरक्षण समिति धनकुटाले जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका हुन् ।

एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिक संचालन निर्देशिका २०७३ बमोजिम विज्ञापन गरि लोकसेवा आयोगको मापदण्ड (लिखित र मौखिक) का आधारमा छनौट भएर खटिएको हुनाले स्थानीइ तहमै दरवन्दी कायम गरेर स्वतः स्थायी गरिनु पर्ने उनीहरुको माग छ ।

तत्काल नेपाल निजमती सेवा ऐन परिमार्जनको चरणमा रहँदा निजामति सेवा ऐनको दफा ८ मा रा.प. अन. द्धि पद नरहने व्यवस्था गर्न खोजिएकाले हालसम्म प्राविधिक विषयमा अध्ययन पुरा गरेको टिएसएलसी कृषि भेटेरिनरी, अमिन लगायतका प्राविधिक पदम कायम गरि खुल्ला विज्ञापन मार्फत पदपूर्ति गरिनु पर्ने संरक्षण समितिका धनकुटा अध्यक्ष शेखर चापागाईंले बताए ।

एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिक सृजना भएत पश्चात देश भरिनै कृषि क्षेत्रमा उल्लेख्य सुधार हुनुका सगै कुला ग्राहस्थ उत्पादनमा वृद्धि भएको विज्ञप्तीमा उल्लेख छ । सरकारले कर्मचारी समायोजन अध्यादेश २०७५ मार्फत समायोजन गर्ने प्रकृयामा रहँदा प्राविधिकको बिषयमा कुनै कुरा उल्लेख नभएकोले अन्यौलता सिर्जना भएकाले प्राविधिकको व्यवस्थापनका लागि जोडदार माग गर्दै ज्ञापन पत्र वुझाएको उनले बताए ।

धनकुटाका विभिन्न स्थानीय तहमा गरि कृषि तर्फ ११ र पशुसेवा तर्फ १२ गरि २३ जना प्राविधिकहरु कार्यरत छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।