दुर्घटना न्युनिकरण गर्न धनकुटाको मदन चौकमा डिजिटल सूचना
धनकुटा खबर । सडक दुर्घटना न्युनिकरण गर्न माछापुच्छ्रे जिल्ला ट्राफिक कार्यालय धनकुटाले धनकुटाको मदन चौकमा डिजिटल सूचना पाटी राखेको छ ।
‘दुर्घटना घटाऔ मान्छे बचाऔ’ भन्ने अभियान अन्तर्गत उक्त सूचना पार्टीको स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । माछापुच्छ्रे बैंक धनकुटा शाखा र धनकुटा नगरपालिका वडा नं. ५ को ७० हजार सहयोगमा एल.ई.डि.टिभी सूचना पाटी राखिएको बैंकका शाखा प्रमुख टेक बहादुर बस्नेतले जानकारी दिनुभयो ।

बैंकको शाखा संगै राखिएको उक्त सूचना पाटीको जिल्ला प्रहरी कार्यालयका एस.पी.सुरेन्द्र बहादुर गुरुङ्गले उत्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै एस.पी. गुरुङ्गले उक्त सूचना केन्द्रबाट दुर्घटना साथै समाजमा हुने अपराधिक गतिविधीको बारेमा पनि जानकारी दिने बताउनु भयो ।


