धनकुटाको पर्यटकीय स्थल ‘नाम्जे’मा महोत्सव हुने

धनकुटा खबर । धनकुटाको पर्यटकीय स्थल नाम्जेमा प्रथम माघे सक्रान्ती महोत्सव हुने भएको छ ।

कृषि पर्यटन र मौलिक संस्कृतिको सम्मान,आर्थिक समृद्धि र विकासमा साँगुरीगढी नाम्जे थुम्कीको पहिचान भन्ने मुल नाराका साथ यही पौष ३० गते देखि माघ २ गते सम्म साँगुरीगढी गाउँपालिक ६ मा महोत्सव आयोजना गरीने आज नाम्जेमा पत्रकार संमेलन गर्दै प्रथम माघे सक्रान्ती महोत्सव मुल आयोजक समितिका अध्यक्ष अनिलकुमार रानाले जानकारी दिए ।

यस क्षेत्रको समग्र आर्थिक तथा सामाजीक उत्थानका लागि पर्यटन, कृषि पर्यटन होटल व्यवसाय होमस्टे,व्यापार साँस्कृतिक र शिक्षा क्षेत्रको प्रर्बदनमा टेवा पुग्ने लक्ष्य महोत्सवको रहेको रानाले जानकारी दिए । महोत्सवको आकर्षणमा स्थानीय आर्गनिक तथा जातियखानेकुराहरुको प्रदर्शनी , मौलिक परम्परागत साँस्कृतिक झाँकी लगायत रहेको पत्रकार संमेलनमा जानकारी दिईयो ।

२० वटा स्टल रहने महोत्सवमा १० हजार पर्यटक भित्राउने र ५० लाख बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य महोत्सवमा रहेको आयोजक समितका सचिब अशोक कुमार मगरले जानकारी दिए । नाम्जे थुक्की आसपासका आत्माघर, सूर्योदय बुद्ध विहार, नाम्जे थुम्की होमस्टे, सैलुङ डाँडा, पाथीभरा देवीको मन्दिर, शंखेश्वर महादेव मन्दिर, नमस्ते झरना, ध्वजे डाँडा, ओख्रे भ्यु टावर, साँगुरीगढी आदिको प्रचार र प्रबद्र्धन गर्नु महोत्सवको मूल उदेश्य रहेको सचिव मगरले बताए ।

नाम्जे थुक्की गाउँ २ सय ४० भन्दा वढी मगर समुदायको वसोवास रहेको छ । यस ठाउँमा २०६८ साल देखि होमस्टे समेत सञ्चालन भइरहेको छ । अहिले २२ ओटा होमस्टे घर र ३० भन्दा बढी होटल तथा लजहरु संचालनमा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।