दौतरी शिक्षा विषयक तालिम सम्पन्न

धनकुटा खबर । धनकुटा नगरपालिका १० स्थितको आधारभूत विद्यालयमा दौतरी शिक्षा विषयक एक दिने तालिम आज सम्पन्न भएको छ ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको आयोजनामा सञ्चालित तालिममा विद्यलयका १५ जना अभिभावकहरुलाई आफ्ना वालवालिकाको पढाईलाई घर र टोल छिमेकमा व्यवहारिक रुपमा कसरी व्यवस्थापन र सञ्चालन गर्ने भन्नेवारे जानकारी गराईएको विद्यालयका प्रधानाध्यापक उत्तम प्रसाद भट्राईले जानकारी दिनुभयो ।

आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन वहादुर मोक्तान तामांको अध्यक्षतामा भएको तालिमको सहजीकरण राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम एन ई जी आर पी धनकुटाका सामाजिक अधिकृत गोकूल घिमिरेले गर्नुभएको थियो ।

तालिम १ देखी ३ कक्षा सम्मका वालवालिकाहरुको पढाईलाई समूदायमा कसरी व्यवस्थित र वैज्ञानिक वनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो । तालिममा स्वागत मन्तव्य शिक्षक अनिता कार्की भट्राईले राख्नुभएको थियो भने सञ्चालन र व्यवस्थापन विद्यालयका प्रधानाध्यापक उत्तम प्रसाद भट्राईले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖