प्रेस काउन्सिल र आमसंञ्चार प्रतिष्ठान प्रदेशमा पनि आवश्यक
धनकुटा खबर । प्रदेश स्तरमै प्रेस काउन्सिल, आमसंञ्चार प्रतिष्ठान गठन गरी सम्पुर्ण पत्रकारको हकहितका लागि प्रदेश सरकारले काम सुरु गर्नु पर्ने पत्रकार संग सम्वन्धीत संस्थाका प्रमुख र प्रतिनिधीले बताएका छन् ।
प्रेस काउन्सिल नेपालले धनकुटामा आयोजन गरेको श्रमजिवी पत्रकारहरुको अवस्था र पत्रकारहरुको आचारसंहिता बिषय प्रदेशस्तरिय छलफल कार्यक्रममा बोल्दै बतmाहरुले यस्तो बताएका हुन् उत्घाटन समारोहमा बोल्दै नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राईले सरकारले पत्रकारका समस्या समाधान गर्ने भए प्रदेश स्तर मै प्रेस काउन्सिल, आमसंञ्चार प्रतिष्ठान गठन गर्नु पर्ने बताए ।
पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईटेलले पत्रकारको न्यूनतम पारिश्रमिक दिन प्रदेश १ बाटै सुरु भए त्यो प्रदेश सरकारका लागि समेत राम्रो हुने बताए । प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझाले देशमा आमुल परिबर्तन भई सकेकोले पहिलाको नियम बाट अबको पत्रकारीता चल्न नसक्ने बताए ।

कार्यक्रमको उदेश्य माथी प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईले प्रकास पारेका थिए । कार्यक्रमा प्रदेश संसद निरेन राई पत्रकार महासंघकाका केन्द्रय सदस्य उद्धव तिम्सिना, जिल्ला समन्वय समितीका अध्यक्ष टंक चौहान, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे लगायतले श्रमजिवी पत्रकारहरुको अवस्था र पत्रकारहरुको आचारसंहिता बिषय प्रदेशस्तरिय छलफल कार्यक्रम सफलताकोकामना गरेका थिए ।
कार्यक्रमा प्रदेशसंसद लिला सुब्वा, कुशुम श्रेष्ठ सुरक्षा निकायका प्रमुख पत्रकार संग आवद्ध संघ सस्थाका प्रमुख तथा प्रतिनिधी पत्रकार महासंघका प्रदेश १का जिल्ला अध्यक्ष लगायतको उपस्थिती रहेको थियो कार्यक्रमको स्वागत मन्तव्य पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले राख्नु भएको थियो भने कार्यक्रमको संचालन पत्रकार महासंघका धनकुटाका शाखाका सचिब विदुर खवासले गर्नु भएको थियो ।


