पहिलो पटक हुन लागेको ‘धनकुटा धार्मीक महोत्सव’को तयारी पुरा
धनकुटा खबर । धनकुटामा पहिलो पटक श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सवको तयारी पुरा भएको छ ।
असहाय र असतmको लागि योगदान, समाज परिवर्तनको लागि महापुराण भन्ने मुल नाराका साथ श्रीमद् भागवत तथा गौ संरक्षण केन्द्र भतmपुरको १०८ राष्ट्रव्यापी महापुराण अभियान अन्र्तगत १०२ औ महापुराण भोली माघ १ गते देखि ९ गते सम्म धनकुटाको नर्वदेश्वर शिवालय मन्दिरमा हुने भएको श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सवको तयारी पुरा भएको र सुरु नहुन्जे सम्मका तयारी समेत भई रहेको मुल व्यावस्थापन समितिका अध्यक्ष टिका प्रसाद घिमिरेले जानकारी दिए ।
एकै पटक २७ जना ब्राह्मण बाट कथा वाचन हुने र यस कार्यक्रम संकलन भएको नगद , जिन्सी कार्यक्रमको खर्च कटाएर धर्मशाला निमार्ण, विवाह मण्डप, सभाहल निर्माण खाद्यन्य लाई भने बृद्धिश्रम र अनाथलय लाई हस्तान्तरण गरीने छ ।


