धनकुटाको मुलघाटमा खोलियो जिल्लाकै पहिलो कंक्रिट उद्योग

धनकुटा खबर । धनकुटाको मुलघाट स्थित तमोर नदी किनारमा कंक्रिट उद्योग सन्चालनमा आएको छ ।

निशान देवी कंक्रिट ईन्डष्ट्रिज प्रा.लि.को नामबाट सन्चालनमा आएको उक्त उद्योग धनकुटाका उद्योगी टेकनाथ पौडेलले सन्चालनमा ल्याएका हुन् ।

३ करोडको लगानीमा खोलिएको यो उद्योग धनकुटा जिल्लाकै पहिलो कंक्रिट उद्योग हो । उद्योगमा निजि ६० प्रतिशत र एन.एम.बी.बैंकको ४० प्रतिशत ऋण लगानी रहेको पौडेलले जानकारी दिए । उद्योगले ह्युम पाईप लगाएत सिमेन्ट जन्य सबै खालका सामाग्री निर्माण गर्ने उद्योगका म्यानेजर घनेन्द्र न्यौपानेले जानकारी दिए ।

उक्त उद्योगले धनकुटा लगाएत तेह्रथुम,भोजपुर र खुवासभा गरी ४ जिल्लाको निर्माण क्षेत्रमा सहयोग पुग्ने न्यौपानेले जानकारी दिए । यो उद्योगले ५२ किमि सुनसरी,मोरङबाट सिमेन्टका सामान ल्याउनु पर्ने बाध्यताको अन्त्य हुन्छ’–न्यौपानेले बताउनुभयो ।

उद्योगमा ५० जनाले रोजगार पाउने उद्योगले जानकारी दिएको छ । उद्योगको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले शनिबार उत्घाटन गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।