सकियो धनकुटाको धार्मिक महोत्सव !
धनकुटा खबर, ९ माघ । धनकुटामा आज बाट श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सव सम्पन भएको छ ।
असहाय र असक्तको लागि योगदान, समाज परिवर्तनको लागि महापुराण भन्ने मुल नाराका साथ श्रीमद् भागवत तथा गौ संरक्षण केन्द्र भक्तपुरको १०८ राष्ट्रव्यापी महापुराण अभियान अन्र्तगत १०२ औ महापुराण धनकुटाको नर्वदेश्वर शिवालय मन्दिरमा माघ १ गते बाट सुरु भएको श्रीमद् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ एवं धनकुटा धार्मिक महोत्सव सम्पन भएको हो ।
महोत्सवमा कथा वाचन एबं राष्ट्रिय कलाकारहरुद्धरा भजनका विभिन्न व्यातिmद्धरा तुला दान हुनुका साथै एकै पटक २७ जना ब्राह्मण बाट कथा वाचन भएको मुलव्यावस्थापन समितीका संयोजक टिकाप्रसाद घिमिरे जानकारी दिए ।

कथा वाचन गर्ने २७ जना ब्राह्मण लाई भने माघ ८ गते नै विधाई गरिएको घिमिरेले जानकारी दिए । कार्यक्रममा संकलन भएको नगद , जिन्सी कार्यक्रमको खर्च कटाएर धर्मशाला निमार्ण, विवाह मण्डप, सभाहल निर्माण खाद्यन्य लाई भने बृद्धिश्रम र अनाथलयलाई हस्तान्तरण गरीने व्यवस्थापन समितीले जानकारी दिएको छ ।


