‘अरुको आस्थामा ठेस नपुर्याई आफ्नो संस्कृती प्रवद्र्धन गरौं’
सूर्योदय वालन भजन किर्तन समूह पाख्रीवास नगर समितिको अध्यक्षमा घनेन्द्र
धनकुटा खबर । सूर्योदय वालन भजन किर्तन समूह पाख्रीवास नगर समितिको अध्यक्षमा घनेन्द्र वहादुर वस्नेत चयन हुनुभएको छ ।
नगर समितिको आज सम्पन्न प्रथम अधिवेशनले वस्नेतलाई अध्यक्षमा चयन गरेको हो । ९ सदस्यीय नवगठित समितिको उपाध्यक्षमा युवराज कार्की, सचिवमा पुष्प कार्की,सहसचिवमा विमला सूवेदी र कोषाध्यक्षमा हेमकला वस्नेत रहेकाछन् । अन्य सदस्यहरुमा सुभद्रा कार्की,हिमा पौडेल र डिल्लीराम दाहाल रहेकाछन् ।
नयाँ समिति गठन गर्नुअघि भएको कार्यक्रमलाई सम्वोधन गर्दै पाख्रीवास नगर प्रमुख वृष वहादुर राईले सूर्योदय वालनभजन किर्तन समूहले आफ्नो धर्म संस्कृती संरक्षण प्रवद्र्धनका लागि गरेको प्रयास सह्रानीय रहेको वताउनुभयो ।

उहाँले नेपालको संविधानले नै सवै जातजाती र भाषा धर्मको मानिसले आ-आफ्नो धर्म संस्कृतीको संरक्षण गर्न पाउने अधिकार दिएको उल्लेख गर्दै अरुको आस्थामा ठेस नपुर्याई आफ्नो संस्कृती प्रवद्र्धन गर्न आग्रह गर्नुभयो । उहाँले यसका लागि नगरपालिकाले आगामीदिनमा सकेको सहयोग समेत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै गरी ४ नं वडाध्यक्ष शोवित निरौलाले समाजमा धार्मिक सहिष्णुता कायम गर्दै आ आफ्नो संस्कृती प्रवद्र्धन गर्नुपर्ने वताउनुभयो ।

कार्यक्रम समितिका निर्वतमान अध्यक्ष महेन्द्र वहादुर वस्नेतको अध्यक्षतामा सञ्चालन भएको थियो भने सञ्चालन सचिव वावुराम थापाले गर्नुभएको थियो । कार्यक्रममा वुद्धीजीविहरुको तर्फवाट राम वहादुर खड्का,साना किसान कृषी सहकारी संस्थाका चिरञ्जिवी राई लगायतकाले शूभकामना मन्तव्य राखेका थिए ।



