पाख्रीबास धनकुटामा मेयर कप फुटवलको तयारी तिब्र
धनकुटा खबर । पाख्रीवास नगरपालिकाको आयोजनामा धनकुटाको पाख्रीवासमा सञ्चालन हुन लागेको वडा स्तरिय प्रथम मेयर कप फूटवल प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।
नगरमा खेलकूद विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यही माघ १६ गते देखी हुन लागेको प्रतियोगिताको तयारी भोलि सम्म पूरा हुने प्रचार प्रसार तथा सामाग्री खरिद उपसमितिका संयोजक सिताराम राईले जानकारी दिनुभयो । प्रतियोगिताको तयारी स्वरुप आज विभिन्न वडाका खेलाडी छनौट गरिएको उहाँले वताउनुभयो ।

वडा समितिका पदाधिकारी सहित प्रशिक्षकको उपस्थितीमा खेलाडी छनौट गरिएको संयोजक राईले वताउनुभयो । प्रतियोगिताका विजयी प्रथम समूहले नगद १ लाख सहित ट्रफी,मेडल र प्रमाण पत्र, दोश्रो हुने समूहले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र र त्यसपछिका दुई समूहले नगद १०र१० हजार सहित प्रमाण पत्र पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता जाल्पादेवी खेल मैदान मुङग्रे आहालमा हुनेछ ।


