शहिद दिवसको अवसरमा धनकुटामा चेस प्रतियोगिता !
धनकुटा खबर । शहिद दिवसको अबसरमा धनकुटा शहिद स्मृती प्रतिष्ठानले आयोजनागरेको चेस प्रतियोगिता सरु भएको छ ।
शहिद दिवसको अबसरमा निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष अर्जन केसीको सहयोगमा धनकुटा शहिद स्मृती प्रतिष्ठानले आयोजना गरेको चेस प्रतियोगिता सरु भएको हो । प्रतियोगितामा २४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिताको उत्घाटन प्रदेशसभा संसद लिला सुब्बाले गर्नु भएको छ । चेस प्रतियोगिता भोलि सम्म संचालन हुने बुद्धिचाल संघ धनकुटाका कोषध्यक्ष बिजयशेखर श्रेष्ठले जानकारी दिए ।



