पाख्रीबास मेयरकप फुटवल : वडा नं २ र ४ विजयी !
धनकुटा खबर । धनकुटाको पाख्रीवासमा जारी वडा स्तरिय प्रथम मेयरकप फुटवल प्रतियोगितामा आज तीनवटा खेलहरु भएकाछन् ।
पाख्रीवास नगरपालिकाको आयोजनामा गत १६ गतेदेखी जारी प्रतियोगिता अन्र्तगत आजको पहिलो खेल वडा नं १ भर्सेज २ वीच भएको छ । यी दुई समूह वीचको खेलमा वडा नं २ ले एकतर्फी नतिजा निकालेको छ । उसले १ नं वडा लाई ०-८ गोलको फराकिलो अन्तरले पराजित गर्दै जीत निकालेको हो । २ नं वडालाई जीतका लागि जर्सी नं ९ का खेलाडी विकास गान्छाकी मगरले ५ गोल,जर्सी नं ६ का खेलाडी मिन खपांगी मगरले १,जर्सी नं ७ का खेलाडी सुमन मगरले १ र जर्सी नं ४ का खेलाडी डम्वर गान्छाकी मगरले १ गोलको योगदान गरे ।

त्यस्तै वडा नं ३ भर्सेज वडा नं ४ वीच भएको दोश्रो खेलमा ०-२ गोलको अन्तरले वडा नं ४ विजयी भएको छ । ४ नं वडालाई विजयी गराउन जर्सी नं ९ का खेलाडी विनोद वुढाथोकीले १ गोल गरेका थिए भने वडा नं ३ का जर्सी नं १५ का खेलाडी रमेश पौडेलको शरिरमा वल ठोक्किएर आत्माघााती गोल भएको थियो ।
त्यस्तै प्रतियोगिता अन्र्तगत आजै भएको वडा नं ९ भर्सेज वडा नं १० वीचको तेश्रो खेल गोल रहित वरावरीमा सकिएको प्रतियोगिता प्रचार प्रसार उपसमितिका संयोजक सिताराम राईले जानकारी दिनुभयो ।


