सोनाम ल्होछारको अवसरमा धनकुटामा डम्फू सेलो प्रतियोगिता
धनकुटा खबर । नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति धनकुटाको आयोजनामा आज मन्जु श्रि सम्वत २८ सय ५५ औ फाग ल्हो सोनाम ल्होछारको अवसरमा शुभकामना आदान प्रदान तथा मौलिक डम्फू सेलो प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति धनकुटाका अध्यक्ष तथा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा धनकुटाको पाख्रिबास नगरपालिका वडा नं ९ का दिल बहादुर घिसिङको टोलि प्रथम, धनकुटा नगरपालिकाको गंगा बहादुर तितुङको टोलि दोस्रो, पाख्रीबास नगरपालिका वडा नं ९ का म्हानिपा संघ तेस्रो , पाख्रिबास नगरपालिका कै अमृत मोक्तानको टोलि र विरबहादुर घिसिङको टोलि सान्त्वना भएका छन् ।

प्रतियोगिता प्रथम टोलि लाई नगद रु ५ हजार सहित प्रमाणपत्र , दोस्रो लाई नगद रु ३ हजार प्रमाणपत्र , तेस्रोलाई नगद रु २ हजार प्रमाणपत्र र सान्त्वना हुने टोलिलाई नगद रु १,१ हजार प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । त्यसअघि हिले वजारमा रयाली समेत प्रदर्शन गरिएको थियो ।


