चर्चित मोडलद्वय सगुन श्रेष्ठ र गीता राईलाई यसरी लाग्यो तीज

हेटौंडा । चर्चित मोडलद्वय सगुन श्रेष्ठ र गीता राईलाई तीज लागेको छ । उनीहरुलाई तीज गीतको म्युजिक भिडियोको सुटिङ गर्न भ्याईनभ्याई भएको हो । बिष्णु न्यौपानेको शब्द, खेम राज पौडेलको संगीतमा तयार गरिएको सो तीज गीतमा लोक गायिका सुनिता सुनार र गायक खेमराज पौडेलको सुमधुर स्वर रहेको छ ।

बसन्त लामाको निर्देशान रहेको हालै सम्पन्न भएको तीज गीतको म्युजिक भिडियोको छांयाकन बिष्णु सेवाले गरेका हुन् । उक्त छायांकन भिडियोलाई चितवनको चोक बजार स्थित रोयल बेंकेट तथा पार्टी प्यालेशमा गरिएको हो ।

कुनै समय म्युजिक भिडियोतर्फ बलियो खम्बाको रुपमा आफुलाई स्थापित गराई सकेका झन्डै पाँचसात सय म्युजिक भिडियोमा अभिनय तथा आफ्नो प्रतिभा प्रस्तुत गरी सकेकी चर्चित मोडल गीता राई अझै पनि आफुमा म्युजिक भिडियोप्रती समर्पित भइ आम दर्शक माझ पुगी रहन सक्ने जोस जाँगर रहेको बताउएकी छन् ।

त्यस्तै १२–१३ सयभन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय तथा नृत्य, तीन चार सय म्युजिक भिडियोको निर्देशान गरीसकेका अब्बल तथा चर्चित मोडल सगुन श्रेष्ठको पनि म्युजिक भिडियोमा अझै पनि उस्तै जोस रजाँगर रहेको बताएका छन् । गीता राईले अभिनय गरेको तिते करेलीले, झिम झिम सानु, पछेउरी लेउ बैना, निस्ठुरी मायालु, जस्ता दर्जनौ गीतहरु सुप्पर हिट भएका थिए ।

त्यस्तै, सगुन श्रेष्ठद्वारा अभिनित, छम छम पाउजुले, डाँडै काटी जाउ बरु निर्माया, यो मोबाइल फोनले, स्याङजालीलाइ नभन झाली, बोले हुन्छ बरु मुख खोलेर, साइनो लाइदेउन, बोले हुन्नर, सिलाइदिउला भोटो, जाम त भने बनको बाटो, हिमाल राम्रो हिउले जस्ता दर्जनौं गीतहरु सुप्पर हिट भएका थिए । दुबै मोडलद्वय भन्छन् अब हामी पुन आफ्नो कर्मलाई निरन्तरतमा दिएर दर्शक तथा स्रोतासामु आइरहने बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।