सुमिनाको ‘वालापन भाग्दै’ सार्वजनिक, ऋषी धमालाकी भतिजीको यस्तो छमछमी – हेर्नुहोस् भिडियो सहित

धनकुटा । भर्खर मात्रै गायन यात्रामा पाइला टेकेकी पाख्रीवास नगरपालिका ७ मुगा, धनकुटाकी सुमिना बराइलीले केही म्यूजिक गीत रेकर्ड गराई सकेकी छन ।

मिठो स्वरकी धनी सुमिना बाल्यकालदेखि नै गायनमा रुची राख्ने गर्थिन् । अहिले त्यही स्वरको सदुपयोग गर्दै उनी एक पछि अर्को गीत रेकर्डिङमा लागेकी छिन् । पढाईसंगै गायनमा लागेकी उनी गायनलाई नै भविश्य बनाऊने सोच लिएर अगि बढेको बताऊछिन ।

पछिल्लो समयमा युवतीको यौ’नावस्था प्रवेशको अनुभब हुने उत्सुकता र चन्चलतालाई ऊजागर गर्दै ‘वाला पन भाग्दै’ वोलको गीत सार्वजनिक गरिएको छ । धनकुटा खबरको युटुव च्यानलवाट उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा टिपिकल शब्दभएकोले शब्दअनुसार लय भर्ने प्रयास गरेको बताऊदै संगितकार साजन राईले सम्पूर्ण टीमले नै गीतलाई न्याय दिने प्रयास गरेको बताएका छन । वुद्विमान वराईलीको शब्द रहेको उक्त गीतमा चन्दु गोर्खालीले लय भर्ने काम गरेका छन ।

ओम प्रकाश निरौलाद्वारा निर्देशित उक्त गीतमा कलाकार मनु धमला, सुमिना वराईली र विराज ओलीको उत्कृष्ट अभिनय रहेको छ भने भिडयो अवधारणा (कन्सेप्ट) विष्णु विक्रम निरौलाको रहेको छ । कलाकार मनु धमला वरिष्ट पत्रकार ऋषी धमालाकी भतिजी हुन भने सुमिना स्वयं गायिका हुन ।

त्यस्तै युगराज खड्काले चित्रमा ऊतारेको उक्त गीतको नृत्यनिर्देशन अश्मिता श्रेष्ठले गरेकी छन – हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।