साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’को ट्रेलर सार्वजनिक(भिडियो सहित)

काठमाण्डौ । चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलर र सिनेमाघरमा आउँने मिति सार्वजनिक गरेको हो । चलचित्र सिनेमाघरमा कार्तिक २२ गते आउने घोषणा गरिएको छ ।

 

चलचित्रको ट्रेलरलाई नेपाल चलचित्र कलाकार सङ्घका उपाध्याक्ष मोहन निरौला, जीवन काँडा कि फूलका निर्माता तथा निर्देशक विनोद विष्ट, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा सञ्चारकर्मी शान्तिपृयलगायतले चलचित्रको ट्रेलर सार्वजनिक गरेका थिए ।

साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’को ट्रेलर सार्वजनिक पछि अतिथिहरुले ट्रेलर हेर्दा चलचित्र राम्रो बनेको भन्दै चलचित्रलाई शुभकामना दिएका थिए ।

 

चलचित्र पत्रकार सङ्घकी उपाध्यक्ष गीता अधिकारीले सहजीकरण गरेको कार्यक्रममा नायिका तथा गायिका सारिका घिमिरले स्वागत मन्तव्य राखेकी थिइन ।

चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै झमकको बहिनीको भुमिकामा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरीलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् ।

 

शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह निर्माता जुनु गौतम हुन भने कार्यकारी निर्मातामा बद्री चौहान र उमेश सुवेदी रहेका छन् ।

विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘रणसंग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण÷निर्देशन गरिसकेका छन् । चलचित्र ‘जीवन काँडा कि फूल’लाई वालाजी टेली फिल्म सुनिल मानन्धरले वितरण गर्दैछ ।

https://youtu.be/YVqxJF824KQ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।