‘प्रगतिशील लेखन र सांस्कृतिक रुपान्तरण’ विषयक गोष्ठी सम्पन्न

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र प्रगतिशील लेखक सङ्घको सहकार्यमा प्रज्ञा भवनमा ‘प्रगतिशील लेखन र सांस्कृतिक रुपान्तरण’ विषयक विचार गोष्ठी आयोजना गरियो ।

गोष्ठीमा बोल्दै प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले मुलुकमा राजनीतिक आन्दोलन भए पनि सांस्कृतिक आन्दोलन हुन नसकेको बताउनुभयो । उहाँले सांस्कृतिक आन्दोलन आदेशबाट नभई जनजागरणबाट हुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसका निम्ति सर्वप्रथम आन्दोलनका अगुवाको जीवनशैलीमा परिवर्तन आउनु पर्ने हो तर आएको अवस्था छैन ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विभाग प्रमुख डा. जगमान गुरुङले प्रगतिशील लेखक सङ्घसँगको सहकार्यमा कार्यक्रम आयोजना भएकोमा खुसी व्यक्त गर्दै आफू सामाजिक सद्भावका पक्षमा दृढ रहेको विचारसहित समयक्रममा संस्कृतिमा परिवर्तन आएका उदाहरण राख्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले नेपाल प्रज्ञा–प्रतिष्ठानले मुलुकको परिवर्तित अवस्था अनुरूप विभिन्न कामहरू गरेको र प्रगतिशील क्षेत्रमा पनि उल्लेख्य काम भएको उल्लेख गर्दै प्रमाणका रूपमा प्रज्ञाका प्रकाशन, अनुसन्धान र गोष्ठीहरूतिर दृष्टि लगाउन आग्रह गर्नुभयो ।

नेकपाका पोलिटब्युरो सदस्य एवम् संस्कृति विभागका इन्चार्ज मणि थापाले सांस्कृतिक परिवर्तनमा विचारधारात्मक समस्या प्रमुख समस्या हो र अरू देशको होइन नेपालकै विशेषतालाई ख्याल गरी बौद्धिक वर्गले आफ्नो स्पष्ट धारणा बनाउन र गोर्की र लुसुनले जस्तै नेतृत्व समक्ष सिधै आफ्नो धारणा राख्न आह्वान गर्नु भयो ।

नेकपाका अर्का केन्द्रीय सदस्य एवम् जन सांस्कृतिक महासङ्घका इन्चार्ज खगेन्द्र राईले दर्शन र शास्त्रका असल कुरालाई अँगाल्दै रूढि र अन्धविश्वासका ठाउँमा वैज्ञानिक चिन्तन अँगाल्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा उपमहासचिव आर.सी.न्यौपानेद्वारा सञ्चालित सो गोष्ठीमा कार्यक्रमको औचित्यबारे प्रलेसका महासचिव समीर सिंहले प्रकाश पार्नु भएको थियो भने प्रा.डा.पशुपतिनाथ तिमल्सेनाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. निमल्सेनाले प्रगतिशील लेखनले सामन्तवादी, पूँजीवादी, साम्राज्यवाद, प्रतिक्रियावाद एवम् शोषण उत्पीडानका विरुद्ध आवाज उठाउँदै सामाजिक सांस्कृतिक रुपान्तरण कार्यमा मद्दत पु¥याएको बताउनुभयो । उहाँको कार्यपत्रमाथि विन्दा मैनालीले टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति रायन तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, प्राज्ञहरू, साहित्यकारहरू, कलाकारहरू, सामाजिक सांस्कृतिक अभियानका अग्रजहरू, सञ्चारकर्मीहरू लगायतको व्यापक उपस्थिति रहेको सो गोष्ठीको कार्यपत्रमाथिको छलफलमा प्रा.डा.बद्रीविशाल पोखरेल, स्नेह साय्मि, गोपाल ठाकुर, गोपीरमण उपाध्याय, सुशीला प्रधानाङ्ग, चेतनाथ धमला, शालिकराम तिमिल्सिना, केशव कालिकोटे, सीता ओझा, रणेन्द्र बराली, के.डी.बी.रावत, विमल पाोखरेल, लोकनारायण सुवेदी, विधान आचार्य, चूडामणि गिरी, रामदेव पाण्डे, प्रशान्त खरेल, जगत् वाशिष्ठ, प्रा.डा. यादवप्रकाश लामिछाने र जगत् रेग्मीले विभिन्न जिज्ञासा र सुझाबहरू प्रस्तुत गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।