पण्डित बुद्धिराज लामिछानेको स्मृतिमा तीन कृति लोकार्पण

काठमाडौँ । स्वर्गिय पण्डित बुद्धिराज लामिछानेको स्मृतिमा तीनवटा कृति लोकार्पण गरिएका छन्। सुमित्रादेवी लामिछाने एवं लामिछाने परिवारको आयोजनामा आइतबार बानेश्वर बहुमुखी क्याम्पसमा आयोजित समारोहमा ‘श्रीमद्भागवतमहापुराणमा प्रयुक्त पात्रहरू र तिनका सन्देश’, ‘स्मृतिका प्रतिविम्बमा पण्डित बुद्धिराज लामिछाने’ र ‘बाका वाणी’ लोकार्पण गरिएका हुन्।

समाजसेवी माधवप्रसाद लामिछानेको सभापतित्व र नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. मधुसूदन लामिछानेद्वारा लिखित ‘श्रीमद्भागवतमहापुराणमा प्रयुक्त पात्रहरू र तिनका सन्देश’ तथा ‘बाका वाणी’ र लामिछानेको जीवनवृत्त समेटिएको स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो।

कार्यक्रममा प्रा. रामहरि दाहाल, प्रा. डा. मुकुन्दप्रसाद लामिछाने, प्रा. केशव सुवेदी र वरिष्ठ कवि प्रह्लाद पोखरेलले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभयो। वक्ताहरूले भागवतका पात्र र तिनका आध्यात्मिक सन्देश, पण्डित लामिछानेको शैक्षिक तथा सामाजिक योगदान र मातापिताप्रतिको सन्तानको कर्तव्यलाई कृतिहरूले प्रभावकारी रूपमा प्रस्तुत गरेको बताउनुभयो। बालकवि आर्या घिमिरेले ‘बाका वाणी’ का केही श्लोक वाचन गर्नुभएको थियो।

लेखक डा. मधुसूदन लामिछानेले भागवत अध्ययनबाट पहिलो कृति तयार भएको, पिताको निधनपछिको भावनात्मक अनुभूति र पारिवारिक प्रेरणाबाट ‘बाका वाणी’ सिर्जना भएको तथा परिवारजन र शुभेच्छुकहरूको सहयोगमा स्मृतिग्रन्थ प्रकाशन गर्न सम्भव भएको बताउनुभयो। कार्यक्रममा पण्डित बुद्धिराज लामिछानेको जीवनमा आधारित वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो।

प्रमुख अतिथि प्रा. डा. कोइरालाले शिक्षाको सदुपयोगले समाजलाई मार्गदर्शन गर्ने उल्लेख गर्दै सुपात्रमा परेको शिक्षाले सकारात्मक परिवर्तन ल्याउने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, शिक्षासेवी, समाजसेवी, परिवारजन तथा आफन्तहरूको उपस्थिति थियो। अन्त्यमा ज्येष्ठ सुपुत्र वासुदेव लामिछानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖