याक्थुङ युवा मञ्चको अध्यक्षमा कुसाहाङ थेबे लिम्बु चयन
विजयपुर, मंसिर ८ । याक्थुङ युवा मञ्चमा रिक्त पदपूर्ति गर्दै नयाँ कार्यसमिति चयन तथा विस्तार गरिएको छ । मञ्चको गतिविधि र संगठनलाई थप सशक्त बनाउने उद्देश्यले कुसाहाङ थेबे लिम्बुको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा ताइचिङ खवाहाङ लिम्बु र टिकु लिम्बु चेम्जोङ, सचिवमा गंगा योङहाङ, सहसचिवमा नामसाङ लिम्बू तथा कोषाध्यक्षमा समय लिम्बू चयन भएका छन् ।
त्यसैगरी, कार्यसमितिलाई थप मजबुत बनाउन ११ जना नयाँ सदस्य मनोनयन तथा चयन गरिएको छ । सदस्यहरूमा टोम आङ्बुहाङ लिम्बु, समृत लिम्बु, बिसु लिम्बू, समीर लिम्बू, प्रमोद लिम्बू, रोहित लिम्बू, गंग प्रसाद लिम्बू, साजन लिम्बू, सुमन लिम्बू, सुरज लिम्बू र राजेश मेन्याङ्बो रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई समुदायका अग्रज र शुभचिन्तकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नयाँ नेतृत्वसँगै याक्थुङ समुदायको हकहित, भाषा, कला तथा संस्कृतिको संरक्षण र युवा सशक्तीकरणका क्षेत्रमा मञ्चले थप प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ ।
