भद्रगोल टीम अब यता ! जिग्री,पाँडेले नया सिरियल ‘सक्किगोनी’ लिएर आउदै , ‘वरिष्ठे’ र ‘धतुरे’लाई पनि देख्न पाइने(ट्रेलर भिडियो)

काठमान्डौ । गएको शुुक्रबारबाट मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रगोल’ प्रसारणमा आयो । तर नयाँ ‘भद्रगोल’लाई दर्शकले मन पराएनन् र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग राखेपछि पुराना ‘भद्रगोल’का टीमले नयाँ हाँस्य टेलिशृंखला ल्याउने भएका छन्।

बुधबार काठमाडौंमा प्रेस मिटको आयोजना गर्दै टीमले हाँस्य टेलिशृंखला ‘सक्किगोनी’ ल्याउने घो*षणा गरेका हुन्।निर्माण कम्पनी मिडिया हवसँगको आर्थिक मा*मिलामा कुरा नमिलेपनि भद्रगोलका सम्पुर्ण कलाकारहरु मिडियाहवबाट ‘भद्रगोल’ टीमअलग्गिन बाँ*ध्य भएका हुन्।

केही दिन अघि देखिनै सामाजिक सञ्जालमार्फत कलाकारहरुले ‘टीम त्यही, थिम त्यही, तर फरक नाममा’ भन्दै नयाँ टेलिशृंखला आउँने बारे जानकारी दिदै आएका थिए । तर नाम सार्वजनिक गरेका थिएनन् । अन्तत: टीमले प्रेसमिट गर्दै नाम सार्वजनिक गरेका छन्। टोलीले नयाँ सिरियल असोज २ गते बिहिबारबाट प्रसारणमा आउने जनाएको छ। यसअघि भद्रगोललाई दिपक आर्चायले निर्देशन गरेका थिए भने सक्किगोनी पनि दिपक आर्चायले नै निर्देशन गर्नेछन्। टेलिशृंखलामा पहिलाकै भद्रगोलका कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (क्रकोज), सागर लम्साल (बले), रक्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, लगायत कलाकारको अभिनय रहने छ ।

यस्तै भद्रगोलका सुरुवातका इपिसोडमा देखिएका कलाकारहरुपनि अबको नयाँ शृंखलामा देखिने भएका छन् । शंकर आचार्य ‘वरिष्ठे’ र चिरञ्जिवी पुडासैनी ‘धतुरे’लाई पनि ‘सक्किगोनी’मा देखिने भएको छ। यसअघि यी दुईकलाकार भद्रगोलको केहि इपिसोडमा काम गरेपछि आन्तरिक कुरा नमिल्दा टिमभन्दा बाहिर काम गर्दै आएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖