यसरी कोरियामा ताप्लेजुङ्गे डान्स पाटीेमा नचाउँदै प्रकृति

काठमाडौं । गायिका प्रकृति थलङ लिम्बू आफ्नो दोस्रो एकल एल्बम ‘प्रकृति–२’सँगै दक्षिण कोरिया पुगेकी छन् । पछिल्लो सयम निकै व्यस्त रहेकी प्रकृति साँस्कृतिक कार्यक्रमको सिलसिलामा कोरिया पुगेकी हुन् । त्यस अवसरमा प्रकृतिको सोलो एल्बम ‘प्रकृति–२’को पनि लोकार्पण हुँदैछ ।

दक्षिण कोरियाको महानचाड ‘चुसक’को अवसरमा ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । त्यहाँस्थित सुओनमा यही १२ सेप्टेम्बर अर्थात शुक्रबार आयोजना हुने ‘ताप्लेजुङ डान्स पाटी’मा प्रकृतिले आफ्नो धम्दार प्रस्तुती दिनेछिन् भने ‘प्रकृति–२’को विमोचन पनि गर्नेछिन् ।

दक्षिण कोरिया उड्ने बेलामा प्रकृतिले भनिन्, ‘प्रकृति–२’ एल्बमको कोरियामा पनि विमोचन हुँदैछ ।’‘ताप्लेजुङ डान्स पाटी’मा सहभागी हुनका लागि गायिका प्रकृतिसँगै डिजे एसवाइएन र डिजे नेस पनि कोरिया पुगेका छन् । उनीहरुले दक्षिण कोरियामा रहेका ताप्लेजुङ्गेलगायत नेपालीहरुलाई नचाउनेछन् ।त्यस्तै गायिका प्रकृतिले आफ्ना चर्चित गीतलगायत ‘प्रकृति–२’का गीत गाएर मनोरञ्जन प्रदान गर्नेछिन् । उक्त कार्यक्रमबाट संकलितमध्ये केही रकम आपत्तकालिन कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।‘पर्वाञ्चल आइडल’ घोषित भएसँगै गायनमा ओपचारिकरुपमा होमिएकी प्रकृतिले यसअघि ‘प्रकृति’ नामक एल्बम सार्वजनिक गरेकी थिइन् ।

उक्त एल्बमबाटै आफूलाई गायकीय क्षेत्रमा स्थापित गराएकी प्रकृतिले त्यसपछि अन्य दर्जनौँ गीतमा स्वर दिइसकेकी छन् । आफ्ना गीतमा मोडलिङ समेत गर्दै आएकी प्रकृतिको पछिल्लो एल्बम ‘प्रकृति–२’मा जम्मा सात वटा गीत समावेश छन् । तीमध्ये कतिपय गीत चर्चामा आइसकेका छन् ।एल्बममा मेरो गल्ती होइन, बाटोमा भेटेको, रम्थ्यिो होला, चल्दैन मलाई, परेलीमा बस, मेरो मुटु र को पो होला बोलका गीत रहेका छन् । उक्त एल्बमलाई कुसल इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।