विवाह गरेको १० वर्ष वितिसक्दा पनि दाइजो नल्याएको भन्दै श्रीमानद्वारा कु’टिइन् श्रीमति, अवस्था गम्भिर!

इरफान अली, वीरगन्ज । विवाह गरेको १० वर्ष वितिसक्दा पनि दाइजो नल्याएको भन्दै श्रीमान तथा परिवारद्वारा एक महिला कुटिएकी छन् । वीरगन्जको रानीघाट स्थित एक महिलालाई दाइजोको लागि कुटपिट गरिएको छ ।

वीरगंज महानगरपालिका रानीघाटमा रन्जु साहलागि मरानासन्न हुने गरि कुटपिट गरिएको हो । पिडित महिला रन्जु साह कानुलाई उनका श्रीमान गोबिन्द प्रसाद कानु र उनका परिवारका सदस्य लगायत मिलेर कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाईते रन्जु साहको अहिले नारायणी अस्पतालमा उपचार भइरहेको छ । रन्जुको अवस्था गम्भीर रहेको नारायणी अस्पताल स्रोतले जनाएको छ ।

बिवाह भएको दस वर्ष विति सकदा पनि उनका श्रीमान गोबिन्द प्रसाद कानु ससुरा जोखु कानु सासू लगातार दाइजोकोे लागि कुटपिट गर्ने गरेको पीडितका भाइ अशोक साहले भने ।

समाचार तयार पार्दासम्म पीडित पक्षबाट कसैले उजुरी नहालेको कारण कुनै प्रतिकृया दिन नमिल्ने जिल्ला प्रहरी प्रवक्ता अनन्तराम र्शमाले बताए । न्यूज २४ नेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।