‘मिसन मंगल’ बन्यो २०० करोड कमाउने अक्षय कुमारको पहिलो चलचित्र
एजेन्सी– बलिउड अभिनेता अक्षय कुमारको चलिचत्र ‘मिसन मंगल’ दुई सय करोड क्लबमा प्रवेश गरेको छ। यससँगै ‘मिसन मंगल’ दुई सय करोडको व्यापार गर्ने अक्षय कुमारको पहिलो चलचित्रसमेत बनेको छ।
भारतको स्वतन्त्रता दिवसको दिनदेखि प्रदर्शनमा आएको चलिचित्रले दुई सय कराेडकाे व्यापार गरेकाे बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।
भारतले प्रक्षपण गरेको मंगलयानको सफलता र इतिहासको कथालाई चलचित्रमा देखाइएको छ। जसमा अक्षय कुमार वैज्ञानिक रोकेश धवनको भूमिकामा देखिएका छन्।
जगन शक्तिको निर्देशनमा बनेको चलचित्र ‘मिसन मंगल’मा अक्षय कुमारका साथै विद्या वालन, सोनाक्षी सिन्हा, तापसी पन्नु, कीति कुलहरु, नित्या मेनन र शरमन जोशीको मुख्य भूमिका रहेको छ।


